राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म (Rastra Parastra Ektantra dekhi Ganatantrasamma)

By

रू.698 रू.775
Overview

अमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।
अस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको ‘भित्रिया वृत्तान्त’ पनि हो ।

400GSM
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Sohra Sanjh
सोह्र साँझ

रू.488 रू.439

Bhupi
Bhupi

रू.798 रू.718

Aatmabrittanta
आत्मवृत्तान्त

रू.500 रू.460

Jogiyana
जोगियाना

रू.900 रू.821

Jeevan Kaada Ki Phool
जीवन काँडा कि फूल

रू.425 रू.382