भूपिनका कविता (Bhupeen ko Kavita)

By Bhupeen

रू.351 रू.400
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

वर्णमालाका छरपस्ट स्वर र व्यञ्जन वर्णहरूलाई शब्दहरूको सजीव मालामा उन्ने अक्षरहरूका कालिगड हुन्- भूपिन । 

कतै बालापनका लोलीहरूमा, कतै युवावयका सुसेलीहरूमा, कतै अल्लारेहरूका आवारागिरीमा, कतै परिपक्व र प्रौढहरूका विगत, वर्तमान र आगतका आशा-प्रेम-प्रार्थना - कर्म र कल्पनाका काव्यिक उडानहरूमा पानीको मसी, पसिनाको रङ र बतासको लयमा सिर्जित सुन्दर जीवनको क्यानभास उनका कवितामा पाइन्छ । 

अरब-अमेरिकाको पसिनाले आमाको फरियाको गन्ध सम्झाउने विम्बमा भूपिनले जीवन, जगत्, प्रकृति, मानवता र प्रेमलाई 'दर्शन'को कुचीले पोतेका छन् । 

कविको देशमा कविता खोज्दै हिंडिरहनुभएको छ भने तपाईंले देब्रे हरमुनि च्यापिरहेको किताब हो - भूपिनका कविता !

ISBN: 9789937753579
Nepali
Wishlist Added To Wishlist

You May Also Like