धर्सैधर्साको चक्रव्यूह: कवितासङ्ग्रह (Dharsai Dharsako Chakrabyuha)

By Tirtha Shrestha

रू.310 रू.345
Overview

पुस्तकको बारेमा

जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुनिएका कविताहरूको संग्रह ।

पछिल्लो बाहिरी पृष्ठबाट

तीर्थ श्रेष्ठ सुपरिचित कवि तथा गीतकार हुन् । उनले गजल र मुक्तकमा पनि कलम चलाएका छन् । कवि तीर्थ एकताका नेपाली साहित्यिक जगत्मा चर्चित तरलवादी आन्दोलनको नेतृत्वदायी पङ्क्तिमा थिए |

२०१६ सालमा पोखरामा जन्मेका कवि तीर्थले पञ्चायतकालमा प्रजातान्त्रको पक्षधर भएर सक्रिय राजनीति गरेका थिए | उनीसँग पोखरा नगरमा जनपक्षीय प्रतिनिधित्व गरेको अनुभव पनि छ । उनी अहिले राजनीतिबाट पन्छिएर पोखराको सांस्कृतिक प्रवर्धन र साहित्यिक उन्नतिका निम्ति क्रियाशील छन् ।

विभिन्न पुरस्कार र सम्मानबाट विभूषित कवि तीर्थका 'जिन्दगीको कुरुक्षेत्रबाट', 'महाभारतका गीतहरू', 'मेरै हिमालजस्तो' लगायत कृति प्रकाशित छन् । उनी जीवन र जगतको सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपाली कवितामा लामो समयदेखि साधनारत कवि तीर्थको 'धसैंधर्साको चक्रव्यूह' मा त्यही मौलिक सीपले सजिएका कविताहरू समेटिएका छन् । 

ISBN: 9789937932073
Nepali
Wishlist Added To Wishlist

You May Also Like

Lahana Ra Teer
लहना र तीर

रू.400 रू.370

Madness An Anthology of World Poetry
Madness An Anthology of World Poetry

रू.999 रू.850

Bhupeen ko Kavita
भूपिनका कविता

रू.400 रू.351

Mafalar
मफलर

रू.598 रू.538