एक ज्यान दुई जुनी (Ek Jyan Dui Juni)

By Devendra Raj Panday

रू.495 रू.550
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

एक ज्यान दुई जुनी आत्मवृत्तान्त होइन, डा. देवेन्द्रराज पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् । 
 
"काठमाडौं मानसिकता"सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै जनमतसङग्रहका बेला देशप्रतिको निष्ठाका कारण अर्थ मन्त्रालयको सचिवबाट राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् । 

दोस्रो जुनीमा उनले काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन् । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । 

यो हाम्रो असफल विकास यात्राका कार्यकारण सम्बन्धहरूको विवेचना, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो । विकसित, लोकतान्त्रिक र सामाजिक न्यायसहितको नेपाली समाजको सपना देख्नेहरूका लागि यो प्रेरणादायी पुस्तक हो ।
 

Nepali
Wishlist Added To Wishlist

You May Also Like

Adhyayan Ra Sangarsha
अध्ययन र संघर्ष

रू.150 रू.135

Maile Je Dekhe
मैले जे देखे

रू.425 रू.382

Doctor Chitra
डाक्टर चित्र

रू.399 रू.359