तुषानल: नेपाली राजनीतिकको अन्तर्य (Nepali Rajnitikko Antarya)

By Deva Prakash Tripathi

रू.535 रू.595
Overview

पछिल्लो बाहिरी पृष्ठबाट

तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय देवप्रकाश त्रिपाठीको तेस्रो कृति हो- 'तुषानल' । नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू यस पुस्तकमा समेटिएको छ । यसअघि उहाँका जगत् र पर्यावरणमा आधारित काल्पनिक उपन्यास 'प्रलय प्रारम्भ' र ऐतिहासिक घटनामा आधारित 'महानिशा' प्रकाशित छन् । चौध सयभन्दा बढी फुटकर लेख-रचनाहरू प्रकाशित गरिसक्नुभएका त्रिपाठीको लेखनमा दार्शनिक भाव र राजनीतिका सूक्ष्म केनाहरूको विवेचनात्मक विशिष्टता पाइन्छ । 

वि.सं. २०२१ म धादिङमा जन्मनुभएका त्रिपाठी विद्यालय जीवनमै राजनीतितर्फ आकर्षित हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा उहाँले पटक-पटक हिरासत र जेल यातना पनि भोग्नुपरेको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र चित्रकलामा पनि स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राष्ट्रिय समाचार समितिको महाप्रबन्धक, रेडियो नेपाल सञ्चालक समिति सदस्य, रेडियो नेपालद्वारा प्रसारित त्यस समयको बहुचर्चित कार्यक्रम 'घटना र विचार'को सञ्चालक र निजी क्षेत्रबाट सञ्चालित पहिलो टेलिभिजन च्यानल नेपालको निर्देशक भएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । २०५१ सालमा दर्ता गरिएको 'घटना र विचार' साप्ताहिकको संस्थापक प्रधानसम्पादक तथा घटना र विचार डटकम (अनलाइन न्युज पोर्टल)को पनि सम्पादकका रूपमा उहाँ कार्यरत हुनुहुन्छ।

नेपाल सरकारबाट प्रदान गरिने वरिष्ठ पत्रकार पुरस्कारबाट सम्मानित त्रिपाठी राष्ट्रिय आमसञ्चार नीति २०७३ को मस्यौदाका लागि गठित उच्चस्तरीय कार्यदलमा सदस्य समेत हुनुहुन्थ्यो । उहाँले मुलुकी संहिता (कानून) संशोधन गर्न गठित सुझाव कार्यदल (२०७५) को संयोजक रहेर पनि कार्य गर्नुभएको छ।

 

ISBN: 9789937541985
Nepali
Wishlist Added To Wishlist