समानताका पाइलाहरू: राजनीतिक आन्दोलनको महिलावादी विस्लेषण (Samanata ka Pailaharu)

By Binda Pandey

रू.630 रू.700
Overview

पुस्तकको बारेमा

नुवाकोटको रावलस्वारामा जन्मिएकी बिन्दा पाण्डे जिफन्ट ट्रेड युनियन पोलिसी इन्स्टिच्युटकी अध्यक्ष छिन् । २०६५ मा नेकपा एमालेको केन्द्रीय सदस्य रहेकी पाण्डे २०७१ सालबाट पोलिटब्युरो सदस्य हुँदै हाल नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् । २०५८ सालमा राष्ट्रिय महिला आयोगको संस्थापक सदस्य र २०६४ सालको पहिलो संविधानसभामा मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको अध्यक्ष रहेकी उनी सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा सदस्य छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा स्नातकोत्तर गरेकी पाण्डेले २०५८ सालमा बैङ्ककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट जेन्डर एन्ड डेभलपमेन्टमा पनि स्नातकोत्तर गरिसकेकी छन् । २०७४ सालमा काठमाडौं विश्वविद्यालयको शिक्षा सङ्कायबाट उनले विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी छन् ।

पाण्डेका नेपाली श्रमिक महिला आन्दोनलमा महिला सहभागिता (नेपाली र अङ्ग्रेजी), आजका युवा विद्यार्थी-भोलिका दक्ष जनशक्ति र विमेन इन नेपाली पोलिटिक्स कृति प्रकाशित छन् । महिला र श्रमिकसम्बन्धी प्रशिक्षण सामग्री तथा समसामायिक राजनीतिक लेखरचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

About the Book

A feminist analysis of the political movement in Nepal by Dr. Binda Pandey.

पछिल्लो बाहिरी पृष्ठबाट

सङ्गीत निर्देशकले वाद्यवादकलाई एकै दिशामा डोऱ्याएर मीठो धुन सिर्जना गरेझै समाजका सबै अवयव परिचालन गरेर लोकतन्त्र र सामाजिक न्यायको नेतृत्व गर्ने दायित्व राजनीतिक पार्टीहरूको हो । उनीहरूले सही कदम चाले यो अभियान सफल हुन्छ, गल्ती गरे देश दशकौं पछि पर्छ । तसर्थ सामाजिक मुद्दाको अध्ययनका लागि पार्टीहरू केन्द्रबिन्दु हुन् ।अभियन्ता र प्राज्ञिक दुवै भूमिकामा रहेकी डा. बिन्दा पाण्डेले लेखेको यो कृतिमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ । आन्दोलनबाट प्राप्त उपलब्धिको विहङ्गम चर्चा पनि गरिएको छ । अनि नयाँ चुनौतीको सविस्तार व्याख्या पनि । असङ्गतिका विषयमा लेखकले आफू सम्बद्ध पार्टीलाई पनि बाँकी छाडेकी छैनन् । तसर्थ पुस्तक यथार्थपरक छ ।

- प्रदीप ज्ञवाली

ISBN: 9789937665780
Nepali
Wishlist Added To Wishlist